Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सदन खुलाउन सत्ता साझेदार र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताको बैठक बस्दै

    सदन खुलाउन सत्ता साझेदार र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताको बैठक बस्दै

    अनलाइन नेपाल
  • बुधबार, ६ भाद्र २०८०
  • 417
    SHARES

    काठमाडौं । सत्ता साझेदार र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरूको बैठक आज पनि बस्दै छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि मंगलबार बस्न नसकेको बैठक आज बस्न लागेको हो ।

    बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहान ११ बजेका लागि बोलाएका छन् । एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने मागसहित सदन चल्न दिएको छैन ।



    सोमबार रातिको बैठकमा समिति बनाउने सहमति भएको थियो । संसद् बैठक साउन १० गतेदेखि सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमाले ले सदन अवरुद्ध गर्दै आएको छ ।



    सरकार सीआईबीले छानबिन गरिरहेको भन्दै राज्यको संयन्त्रमा विश्वास गर्नुपर्ने तथा उच्चस्तरी छानबिन समिति गठन गर्न नसक्ने अडानमा छ । तर, एमाले भने समिति नबनेसम्म सदन चलाउन नदिने भन्दै बैठक अवरुद्ध गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार