Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • काठमाडौंको बुद्धनगरमा भैंसी आतंक, नियन्त्रणमा लिन प्रहरी परिचालन

    काठमाडौंको बुद्धनगरमा भैंसी आतंक, नियन्त्रणमा लिन प्रहरी परिचालन

    अनलाइन नेपाल
  • बुधबार, ६ भाद्र २०८०
  • 909
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौंको बुद्धनगरमा एउटा भैंसीले आतंक मच्चाएको छ । पालिएको ठाउँबाट दाम्लोसहित भागेको एउटा भैँसी अलपत्र अवस्थामा बिहान बुद्धनगरमा भेटिएको हो ।

    सो भैंसी नियन्त्रणमा लिन प्रहरी टोली परिचालन गरिएको छ । प्रहरी वृत्त नयाँ बानेश्वरका अनुसार भैँसी कहाँबाट आयो र कसले पालेको हो भन्ने खुलिसकेको छैन ।



    अरुलाई हान्न सक्ने जोखिम रहेकाले निगरानीमा राखिएको प्रहरीको भनाइ छ । भैँसी भागेर बुद्धनगरको ज्ञान निकेतन स्कुलको हाताभित्र छिरेको छ ।



    भैंसीलाई त्यहीँबाट नियन्त्रणमा लिन प्राविधिक टोली बोलाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार