Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • भैंसीलाई पाँच घन्टापछि बानेश्वरबाट डार्ट गरेर नियन्त्रणमा लिइयो

    भैंसीलाई पाँच घन्टापछि बानेश्वरबाट डार्ट गरेर नियन्त्रणमा लिइयो

    अनलाइन नेपाल
  • बुधबार, ६ भाद्र २०८०
  • 588
    SHARES

    काठमाडौं । नयाँ बानेश्वर क्षेत्रमा आतंक मच्चाएको भैंसी पाँच घन्टापछि नियन्त्रणमा आएको छ । बुधबार बिहान ६ बजे एक्कासी बुद्धनगर क्षेत्रको सडकमा आएर आतंक मच्चाएको भैंसीलाई डार्ट गरेर नियन्त्रणमा लिइएको हो ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार डार्ट गर्नका लागि वन कार्यालय स्युचाटारबाट टोली बोलाइएको थियो । भैंसी कहाँबाट सडकमा आयो भन्नेबारे प्रहरीले जानकारी पाएको छैन।



    बुद्धनगरको सडकमा आएको भैंसी नियन्त्रणमा लिन प्रहरी वृत्त बानेश्वरको टोली खटिएका थियो । प्रहरीले नियन्त्रणमा लिन नसकेपछि सशस्त्र प्रहरीको टोली पनि परिचालन गरिएको थियो ।



    भैंसी बुद्धनगर, ढुंगेधारा हुँदै शंखमुल पुगेपछि ज्ञान निकेतन स्कुलको कम्पाउन्डमा पुगेपछि नियन्त्रणमा लिइएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार