Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • काट्न लागेको भैँसी शंखमुलको स्कुलमा पस्यो, समात्न बोलाइयो वनको टोली

    काट्न लागेको भैँसी शंखमुलको स्कुलमा पस्यो, समात्न बोलाइयो वनको टोली

    अनलाइन नेपाल
  • बुधबार, ६ भाद्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । काठमाडौंको शंखमुलमा काट्न लागेको भैँसी भागेर भागदौड मच्चिएको छ ।

    काट्न लागेको ठाउँबाट भागेको भैँसी शंखमुलका विभिन्न ठाउँमा पुगेर वितण्डा मच्चाएको हो ।



    उक्त भैँसी ज्ञान निकेतन स्कुलभित्र समेत पसेको थियो । सडकमा कुदेपछि भएको भागदौडमा केही व्यक्ति सामान्य घाइते भएको प्रहरीले जनाएको छ । प्राविधिक टोलीले डार्ट गरेर भैंसीलाई नियन्त्रणमा लिने तयारी भइरहेको छ ।



    भैंसी नियन्त्रणमा लिन नसकेपछि महानगरपालिका र प्रहरी टोलीले वन कार्यालयमा खबर गरेको छ । भैँसी भागेर भागदौड मच्चिएपछि नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार