Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विदेशी नागरिकलाई नागरिकता बिक्री प्रकरण : गृह नेतृत्वको अरुचिले छानबिन निष्प्रभावी

काभ्रे । सत्तारुढ दल माओवादी केन्द्रका विभिन्न नेताहरूसँग सम्वन्ध जोडिएका तिब्बतियन मूलका बेल्जियम नागरिक दावा छिरिङ भनिने निमा तामाङलगायत ५ विदेशीले लिएको नागरिकता छानबिनको विषयमा गृह मन्त्रालयले गठन गरेको छानबिन समिति निष्प्रभावी बनेको छ ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले विदेशी नागरिकलाई नागरिकता उपलब्ध गराउने कर्मचारी र त्यससँग सम्बन्धितहरूका बारेमा छानबिनलाई तीव्रता दिलाउन सक्नुभएको छैन । गृहमन्त्रालयका कर्मचारीहरू यस विषयलाई गृहमन्त्रीलगायतको गृह नेतृत्वले गम्भीर चासो नदिएको बताउँछन् ।

६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका दावासहित विदेशी नागरिकहरूले काभ्रे जिल्ला प्रशासनबाट नागरिकता लिएर अपराध कर्ममा संलग्न भएका सन्र्दभमा नेपाल समाचारपत्र दैनिकले निरन्तर समाचार प्रकाशन गरिरहेको छ । ‘सर्वसाधारणले विवरण झुटो पेस गरेर नागरिकता लिएको भए प्रशासन कार्यालयले जेल हालिसक्थ्यो’– नागरिक समाजका प्रतिनिधि रमण श्रेष्ठले भने –‘गृहमन्त्री र उनी निकटका पार्टीका नेतासँग जोडिएका विदेशी नागरिकलाई नागरिकता बिक्री गर्ने गिरोहलाई कारबाही नगर्नु राज्य प्रशासनको दुरुपयोग हो ।’

गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा हेर्ने सहसचिव रुद्रादेवी शर्माले काभ्रे जिल्लाबाट अनुसूची गायब बनाउँदै नागरिकता लिएका व्यक्तिहरूका बारेमा छानबिन गर्न गठित समितिको म्याद थपिएको बताए । नेपाल समाचार दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077