Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • उच्चस्तरीय समिति बनाउनेबारे शीर्ष नेतासहित सचेतकको छलफल सुरु

    उच्चस्तरीय समिति बनाउनेबारे शीर्ष नेतासहित सचेतकको छलफल सुरु

    अनलाइन नेपाल
  • बुधबार, ६ भाद्र २०८०
  • 390
    SHARES

    काठमाडौं । संसद् अवरोध हटाउने प्रयास स्वरुप शीर्ष नेतासहित सचेतकको छलफल सुरु भएको छ । केहीबेरअघि मन्त्रिपरिषद् बैठक बसिसकेपछी सिंहदरबारमा दलहरु छलफलमा जुटेका हुन् ।

    छलफलमा प्रधानमन्त्री एवम् माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायत दलका सचेतकहरू सहभागी छन् ।



    यसअघि दलहरुको बैठकले उच्चस्तरीय समितिको कार्यप्रणाली र मापदण्ड बनाउन एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेस नेता रमेश लेखक र माओवादी सचेतक हितराज पाण्डेलाई तोकेको थियो।



    मंगलबार बिहान तीन सदस्यीय कार्यदलको बैठकले उच्चस्तरीय समितिको टीओआरको ड्राफ्ट बनाएको थियो। हिजोका लागि तय भएको बैठक ओली बिरामी भएपछि आजका लागि सारिएको थियो । एमालेका अवरोधका कारण साउन १० गते यता सदन चल्न सकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार