Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • मोदीको गाडी रोकिएको बिषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

    मोदीको गाडी रोकिएको बिषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

    अनलाइन नेपाल
  • बिहिबार, २२ पुष २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    नयाँ दिल्ली । भारतस्थित पञ्जाब सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गाडीलाई पञ्जाबमा रोकेको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।

    यस सम्बन्धमा मुख्यमन्त्रीको कार्यालयले पञ्जाब सरकारले छानबिनका लागि उच्चस्तरीय समिति गठन गरेको जनाएको छ।



    एक आधिकारिक प्रवक्ताका अनुसार समितिमा सेवानिवृत्त न्यायमूर्ति मेहताब सिंह र न्यायमूर्ति अनुराग वर्मा, प्रधान सचिव, गृह मामिला मन्त्रालय समावेश हुनेछ । समितिले तीन दिनभित्र प्रतिवेदन बुझाउने छ ।



    प्रधानमन्त्री  मोदी बुधबार पञ्जाबको फिरोजपुरमा एउटा र्‍यालीमा सहभागी हुन सडकबाट जाँदै थिए । बाटोमा सडक आन्दोलनका कारण उनको काफिले करिब २० मिनेट पुलमै रोकिनुपरेको थियो । त्यसपछि उनी विमानस्थल फर्किए । गृह मन्त्रालयले यसलाई सुरक्षा कमजोरी भनेको छ ।

    यस विषयमा पञ्जाबका मुख्यमन्त्री चरणजीत सिंह चान्नीले भने, ‘प्रधानमन्त्रीको फिर्ता भएकोमा म माफी चाहन्छु। केही मानिसहरू अचानक त्यहाँ विरोध प्रदर्शन गर्न गएका थिए। यदि यसमा कुनै षड्यन्त्र छ भने, म सम्पूर्ण मामिलाको छानबिन गर्नेछु।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार