Online Nepal
  • आइतबार, १३ जेष्ठ २०८१
  • उच्चस्तरीय संयन्त्रको बैठक: स्थानीय तहको चुनाव बैशाखमै हुने

    उच्चस्तरीय संयन्त्रको बैठक: स्थानीय तहको चुनाव बैशाखमै हुने

    अनलाइन नेपाल
  • मंगलबार, ४ माघ २०७८
  • 1K
    SHARES

    काठमाडौँ । आगामी वैशाखमै स्थानीय तहको चुनाव गर्न सत्ता गठबन्धनमा आवद्द दलहरु सहमत भएका छन् ।

    मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक मा स्थानीय निर्वाचनबारे छलफल भएको थियो । जसमा सहभागी सबै दलका नेताहरूले संविधानअनुसार समयमै स्थानीय चुनाव गर्नुपर्नेमा सहमत भएका हुन् ।



    स्रोतका अनुसार अब अर्को बैठक आगामी बिहीबार पुन बस्ने छ, जुन बैठकले बाँकी थप निर्णय गर्ने छ । साथै, बैठकमा कोरोना नियन्त्रणलगायतका विषयमा पनि छलफल भएको छ ।



    बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललगायतका नेताहरुको उपस्थिति रहेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार