Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

धुलिखेल अस्पतालका लागि जापानको ३ अर्ब १४ करोड अनुदान स्वीकृत

काठमाडौं । सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलस्थित अस्पतालको सुधारका लागि जापान सरकारको सवा ३ अर्ब अनुदान स्वीकृत गर्ने निर्णय गरेको छ ।

बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले धुलिखेल अस्पतालको आपत्कालीन केन्द्र सुधार परियोजनाको लागि उक्त अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।

‘अर्थ मन्त्रालयको प्रस्तावमा धुलिखेल अस्पताल आपत्कालीन ट्रमा सुधार केन्द्रका लागि ३ अर्ब २९ करोड ६० लाख जापानी यान (नेपाली रुपैयाँ ३ अर्ब १४ करोड ६२ लाख ४३ हजार) अनुदान स्वीकृत गर्ने निर्णय भएको छ’, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यस्तै मन्त्रिपरिषद्ले गायक स्व. जेबी टुहुरे (जुठबहादुर खड्गी) लाई जनगायकको उपाधि पनि प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077