Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सुन तस्करी छानबिन गर्न आयोग गठन गर्न सहमति, सदन चल्ने

    सुन तस्करी छानबिन गर्न आयोग गठन गर्न सहमति, सदन चल्ने

    अनलाइन नेपाल
  • बुधबार, ६ भाद्र २०८०
  • 486
    SHARES

    काठमाडौं । बुधबारको प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने सहमति भएको छ । सिंहदरबारमा जारी राष्ट्रिय मान्यता प्राप्त दलहरुको बैठकले आजको प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने सहमति गरेको हो । राष्ट्रिय मान्यताप्राप्त दलहरुबीच २ बुँदे सहमतिसमेत भएको छ ।

    सहमति पत्रमा विदेशबाट इलेक्ट्रिक सिगरेटमा सुन राखी अवैध पैठारी (तस्करी) गरिएको, मिति २०८० साउन २ गते ब्रेक-सुमा राखी अवैध पैठारी (तस्करी) गरिएको सुन लगायत पटकपटक सुन तस्करी भई मुलुकभित्र आइरहेको विषयलाई गम्भीरतापूर्वक लिई स्वतन्त्र र निष्पक्ष छानबिन गर्न आयोग गठन गरिने उल्लेख छ।



    सुन तस्करी अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गरिनुपर्ने अडान लिँदै संसद् अवरुद्ध गरिरहेको एमाले समिति बन्ने भएपछि सदन खोल्न सहमत भएको हो ।



    प्रतिनिधि सभा बैठक बुधबार अपराह्न ३ बजे बस्दैछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार