Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रमेश लेखक भन्छन् - आगामी असोज ५ गते उच्चस्तरीय आयोग गठन हुन्छ

काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले आगामी असोज ५ गते उच्चस्तरीय आयोग गठन गर्ने बताएका छन् ।

बुधबार बिहान बसेको शीर्ष नेताको बैठकपछि पत्रकारसँगको कुराकानीमा लेखकले आगामी असोज ५ गते आयोग गठन गरेर त्यसै दिनबाट काम सुरु हुने बताएका हुन् ।

‘आयोगलाई मुख्य तीनवटा टिओआर छन् । जसमा कानुनी र संरचनागत समस्या भए त्यसको समेत निराकरण गर्ने र पटक पटकका सुन तस्करीका घटनाको समेत छानबिन गरेर सुझाव प्रतिवेदन बुझाउने’, लेखकले भने, ‘आयोगको विस्तृत टिओआर नेपाल सरकारले तोक्छ ।’

आज बिहान मात्रै राष्ट्रिय मान्यताप्राप्त दलहरूको बैठकमा सुन तस्करीबारे छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने सहमति भएको छ ।

सात दलका तर्फबाट गरिएको दुई बुँदे सहमतिमा गत साउन २ गते बरामद भएको ६० केजी सुन र भेपमा लुकाएर ल्याएको सुन तस्करीबारे सीआइबीको अनुसन्धान जारी राख्दै असोज ५ गते उच्चस्तरीय छानबिन आयोग गठन गर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077