Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • झण्डै एक महिनापछि खुल्यो संसद्

    झण्डै एक महिनापछि खुल्यो संसद्

    अनलाइन नेपाल
  • बुधबार, ६ भाद्र २०८०
  • 528
    SHARES

    काठमाडौं । लगभग एक महिनापश्चात् प्रतिनिधिसभाको बैठक सञ्चालनमा आएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण गएको साउन १० गतेबाट बैठक सञ्चालनमा समस्या आएको थियो ।

    तर आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको राष्ट्रिय दलको मान्यताप्राप्त दलहरूको बैठकमा दुईबुँदे सहमति भएपछि बैठक सञ्चालन भएको हो ।



    ब्रेक’सु’मा लुकाएर ल्याइएको सुन तस्करीमा संलग्नहरूको उच्चस्तरीय छानिबन समिति बनाएर छानबिन प्रकृया अघि नबढाए सदन चल्न नदिने भन्दै एमालेले बैठक अवरोध गरेको हो ।



    एमाले अवरोधका कारण साउन महिनाको १५, १६, २२, २३, २४, २६ र २९ गते बोलाइएको बैठक बस्न सकेको थिएन । यस्तै भदौ ३ र ५ गतेको पनि बैठक सञ्चालन हुन सकेको थिएन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार