Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • दलहरूबीचको सहमतिबारे रक्षामन्त्री खड्काले सदनलाई गराए जानकारी

    दलहरूबीचको सहमतिबारे रक्षामन्त्री खड्काले सदनलाई गराए जानकारी

    अनलाइन नेपाल
  • बुधबार, ६ भाद्र २०८०
  • 426
    SHARES

    काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संसद् चलाउन दलहरूबीच भएको सहमति सदनलाई जानकारी गराएका छन् ।

    प्रतिनिधिसभाको बुधबारको बैठकमा सरकारको तर्फबाट उपप्रधानमन्त्री खड्काले सदन चलाउन दलहरूबीच भएको दुई बुँदे सहमति सदनलाई जानकारी गराएका हुन् ।



    बुधबारको प्रतिनिधिसभा बैठकमा सुरुवातमै समय माग गरेर बोल्दै उनले सदनमा साउन १० गतेबाट जारी अवरोध आजबाट सूचारु भएको जानकारी गराए ।



    “संसद्को अवरोध आज खुलेको छ । प्रधानमन्त्रीको पहलमा निरन्तर रूपमा सदन सूचारु गर्न विभिन्न चरणमा संसद्का प्रमुख विपक्षी दलका माननीय नेता, कांग्रेस संसदीय दलका नेतासँग र संसद्मा सबै अन्य दलका नेताहरूसँग विभिन्न चरणमा व्यक्तिगत र सामूहिक रूपमा छलफल संवाद गर्दे सहमतिमा उभिएका छौँ,” उनले भने, “दुई विषयमा सहमति भएको छ । यो पछि अब संसद्ले नेपाली जनताको सरोकार र विषयमा निकास दिँदै जाने वातावरण तयार भएको छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार