Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सेनालाई रक्षामन्त्री खड्काको निर्देशन – राष्ट्रिय सुरक्षामा देखा पर्नसक्ने चुनौतीको आकलन गर्नू

    सेनालाई रक्षामन्त्री खड्काको निर्देशन – राष्ट्रिय सुरक्षामा देखा पर्नसक्ने चुनौतीको आकलन गर्नू

    अनलाइन नेपाल
  • बुधबार, १६ फाल्गुन २०८०
  • 609
    SHARES

    काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बाह्य तथा आन्तरिक कारणबाट राष्ट्रिय सुरक्षामा देखा पर्नसक्ने चुनौतीको आकलन गर्न जरुरी रहेको बताएका छन् ।

    नेपाली सेनाको आयोजनामा आजदेखि सुरु भएको पृतनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।



    उनले भू-राजनीतिक अवस्थिति, शक्ति राष्ट्रको रणनीति र प्रतिष्पर्धा, भिन्न सिद्धान्त र राज्य व्यवस्था भएका छिमेकीको विश्व मञ्चमा बढ्दो उपस्थितिलगायत विषयले सुरक्षा वातावरणमा चुनौती थपेको बताए ।



    आन्तरिक रुपमा विभिन्न स्वार्थ प्रेरित व्यक्ति र समूहको धार्मिक र सामाजिक सद्भाव विथोल्ने एवं साम्प्रदायिक गतिविधिको सूक्ष्म विश्लेषण गर्दै सुरक्षा चुनौतीको समाना गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने उपप्रधानमन्त्री खड्काको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार