Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

ज्ञानेन्द्र शाहीको चेतावनी - ललितानिवास प्रकरणमा माधव र बाबुरामलाई पक्राउ नगरे आन्दोलन थाल्छौँ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले गोरु काटेर खानेलाई तत्काल कारबाही गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकको आकस्मिक समयमा बोल्दै राप्रपाको प्रमुख सचेतकसमेत रहेका शाहीले प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

उनले ९३ प्रतिशत नागरिकको आस्थालाई हिर्‍याएर सामाजिक संजालमा गोरु काटेको प्रचार गरेको बताए ।

“मिठो लागेर मासु खाएको भन्ने सुनियो । सबैभन्दा मिठो मासु मान्छेको हुन्छ भनेर अनुसन्धानले देखाएको छ तिम्रो हिम्मत छ भने मान्छेको मासु खाएर देखाउ,” शाहीले भने, “हिम्मत छ भने साउदीमा गएर सुँगुर काटेर देखाउ ।” उनले बहुसंख्यक नागरिकको आस्थामा सम्मान हुनुपर्ने पनि बताए ।

यस्तै उनले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय डा। बाबुराम भट्टराई र माधवकुमार नेपाललाई पक्राउ गरी अनुसन्धान गरन नगरे आन्दोलन थाल्ने चेतावनी दिएका छन् । शाहीले सीआईबीले पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई पक्राउ नगरेकोमा आपत्ति जनाए ।

‘ठूला नेतालाई कानुन नलाग्नेरु जनताले गल्ती नगरे पनि कान समातेर जेल हाल्ने ?’, उनले भने, ‘पूर्वप्रधानमन्त्रीहरुलाई पक्राउ गरेर हिरासतमा राखेर किन अनुसन्धान नगरेको ?’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077