Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • वरिष्ठ सई मृत्यु प्रकरण : होटल सञ्चालक आमा–छोरा जेल चलान

    वरिष्ठ सई मृत्यु प्रकरण : होटल सञ्चालक आमा–छोरा जेल चलान

    अनलाइन नेपाल
  • बिहिबार, ७ भाद्र २०८०
  • 4.7K
    SHARES

    बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–६ स्थित आशा होटलमा मृत भेटिएकावरिष्ठ नायव निरीक्षक वरिष्ठ सईको हत्या आरोपमा होटल सञ्चालक आमा–छोरा पुर्पक्षका लागि जेल चलान भएका छन्।

    इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ सई उज्जल पौडेल होटलमा मृत भेटिएका थिए । वरिष्ठ सईको हत्या आरोपमा पक्राउ परेका होटल सञ्चालक आमा–छोरा पुर्पक्षका लागि जेल चलान भएका हुन् ।



    बुधबार भएको थुनछेक बहसपछि बागलुङ जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टको इजलासले बडिगाड गाउँपालिका वडा नम्बर–६ स्थित आशा होटल तथा खाजा घरका सञ्चालक ५१ वर्षीय आशा कुँवर र उनका छोरा २० वर्षीय विनोद कुँवरलाई पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको हो।



    कुँवरको होटलमा खाजा खान गएका वरिष्ठ सई पौडेल गत साउन ८ गते राति मृत फेला परेका थिए। होटलमा मृत फेला परेका पौडेलको हत्या आरोपमा प्रहरीले होटल सञ्चालक कुँवर र उनका छोरालाई पक्राउ गरेको थियो।

    आमा–छोरा मिलेर वरिष्ठ सईलाई मरणासन्न हुने गरी कुटपिट गरेको प्रहरीले जानकारी दिएको छ। कुटपिटपछि भुइँमा ढलेका पौडेलको घाँटीमा पर्दाको कपडाले कसेर राति २:३० बजेको समयमा हत्या गरिएको प्रहरीले अनुसन्धानबाट खुलेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार