Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • वरिष्ठ सई मृत्यु प्रकरण : हत्या गरिएको स्थलगत अनुसन्धानको निष्कर्ष, आमा-छोरा पक्राउ

    वरिष्ठ सई मृत्यु प्रकरण : हत्या गरिएको स्थलगत अनुसन्धानको निष्कर्ष, आमा-छोरा पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ९ साउन २०८०
  • 3.7K
    SHARES

    बागलुङ । बागलुङमा मृत भेटिएका वरिष्ठ सईको घटनामा प्रहरीले आमा-छोरालाई नियन्त्रणमा लिएको छ ।

    बडिगाड गाउँपालिका-६ खालबजारस्थित आशा होटलमा मंगलबार बिहान २ बजे प्रहरी वरिष्ठ सई उज्वल पौडेल मृत फेला परेको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।



    जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार पक्राउ पर्नेमा ४५ वर्षीया आशा कुँवर र उनका २० वर्षीय छोरा बिनोद छन् । प्रहरीले उनी मृत भेटिएकै होटलको घरबेटी र उनका छोरालाई पक्राउ गरेको हो ।



    अनुसन्धानको सिलसिलामा शंका लागेकाले जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको बताइएको छ । वरिष्ठ सई पौडेलको मृत्युबारे प्रहरीको स्थलगत अनुसन्धान सकिएको छ ।

    जिल्ला प्रहरी कार्यलय बागलुङका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्का नेतृत्वको टोली घटनास्थलमा पुगि अनुसन्धान सकेर सदरमुकाम फिर्ता भएको हो ।

    स्थलगत अनुसन्धानको निष्कर्ष अनुसार पौडेलको हत्या भएको खुलेको छ । यस घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार