Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • प्रहरी वरिष्ठ सई पौडेल हत्या प्रकरण : थप एकजना पक्राउ

    प्रहरी वरिष्ठ सई पौडेल हत्या प्रकरण : थप एकजना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २७ असोज २०८०
  • 3.3K
    SHARES

    बागलुङ । नेपाल प्रहरीका वरिष्ठ सई उज्वल पौडेलको हत्या आरोपमा थप एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले घटनामा संलग्न रहेको आरोपमा बडिगाड गाउँपालिका वडा नम्बर ६ का १९ वर्षीय विशाल सुनारलाई पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय बागलुङले घटनाको अनुसन्धान गर्दा सुनारको संलग्नता देखिएकोले पक्राउ गरेर बिहिबार जिल्ला अदालत बागलुङमा ज्यान सम्बन्धी कसूरमा म्याद थप गरेर अनुसन्धान अगाडी बढाएको जनाएको छ ।



    गत साउन ८ गते बेलुका ८ बजे बडिगाड गाउँपालिका–६ स्थित आशा होटल एण्ड खाजा घरमा खाजा खान गएका इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ सई पौडेल राती १ बजे सोही होटलमा मृत फेला परेका थिए । हत्या गरेको आरोपमा होटलका संचालक ५१ वर्षीया आशा कुँवर र उनका छोरा २० वर्षीय विनोद कुँवरलाई प्रहरीले साउन ९ गते पक्राउ गरेको थियो ।



    हत्यापछि पौडेलको सिक्री चोरी गर्ने कार्यमा संलग्न रहेका कुँवर आमाछोरा पुर्पक्षका लागि जेलमा छन् । जिल्ला अदालत बागलुङले भदौ ६ गते कारागार चलान गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार