Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ गते

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिको निर्वाचनको मिति तोक्ने भएका छन् ।

सभामुख घिमिरेले प्रतिनिधिसभाको बिहीबारको बैठकमा संसदीय समितिका सभापतिको निर्वाचन समय तोक्न लागेका हुन् ।

सभामुख घिमिरेले समितिको नेतृत्व चयनको लागि भदौ ११ गते १ बजेका लागि निर्वाचन तय भएको छ ।

यसअघि सत्ता र प्रमुख प्रतिपक्षी दलबीच कांग्रेसलाई ४, एमालेलाई ३, माओवादी केन्द्रलाई २, नेकपा एकीकृत समाजवादीलाई १, जनता समाजवादी पार्टीलाई १ र जनमत पार्टीलाई १ समितिको नेतृत्व गर्ने सहमति भएको थियो।

सभापतिहरू निर्वाचित नहुँदा संसदका ११ समितिका बैठक अहिलेसम्म जेष्ठ सदस्यको नेतृत्वमा बसिरहेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077