Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • ३१ अंकले घट्यो शेयर बजार परिसूचक नेप्से

    ३१ अंकले घट्यो शेयर बजार परिसूचक नेप्से

    अनलाइन नेपाल
  • बिहिबार, ७ भाद्र २०८०
  • 861
    SHARES

    काठमाडौं । सेयर बजारमा साताको अन्तिम कारोबार दिन आज गिरावट आएको छ । बिहीबार सेयरबजार ३१.५२ अंकले घटेर २०१३.९३ बिन्दुमा कायम भएको छ ।

    यसदिन बजारमा ४६ लाख ५७ हजार १३७ कित्ता सेयरको खरिदबिक्री हुदाँ १ अर्ब ५५ करोड ५ लाख ८२ हजार ६८५ रुपैयाँको कारोबार भएको छ ।



    बिहीबार वित्त कम्पनी उपसूचक सर्वाधिक २.९२ प्रतिशतले गिरावट हुँदा बुधबार सबैभन्दा धेरै बढेको हाइड्रोपावर उपसूचक बिहीबार २.५० प्रतिशतले गिरावट भएको छ ।



    जीवन बीमा, निर्जीवन बीमा र विकास बैंक उपसूचकमा पनि २ प्रतिशतभन्दा माथिको गिरावट भएको छ ।

    नेप्सेमा गिरावट भएपनि कारोबार रकम भने डेढ अर्ब नाघेको छ । बिहीबार नेप्सेमा ४० हजार ८०० वटा कारोबारमा ४६ लाख ५७ हजार १३७ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब ५५ करोडको कारोबार भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार