Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • भीम उपाध्यायविरुद्ध मानहानिको उजुरी दर्ता, ‘गोरु खानेहरु’ भन्दै हालेका थिए महिलाको फोटो

    भीम उपाध्यायविरुद्ध मानहानिको उजुरी दर्ता, ‘गोरु खानेहरु’ भन्दै हालेका थिए महिलाको फोटो

    अनलाइन नेपाल
  • शुक्रबार, ८ भाद्र २०८०
  • 1.9K
    SHARES

    चितवन । पूर्व सचिव भीम उपाध्यायविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा साइबर क्राइमसम्बन्धी मुद्दामा उजुरी दपरेको छ ।

    चितवनकी एक महिलाको तस्विर सामाजिक सञ्जालमा पोष्ट गरी गलत भ्रम फैलाइएको भन्दै बिहीबार उजुरी दर्ता भएको हो । करिब साढे दुई वर्षअघि टिकटकमा राखेको भिडिओलाई भीम उपाध्याय (मनमौजी) नामक फेसबुक एकाउन्टबाट मानहानि र चरित्रहत्या गरेको भन्दै भरतपुर-१६ , की पूर्णिमाया गुरूङले चितवन प्रहरीमा उजुरी दिइन् ।



    आफ्नो तस्बिर अनधिकृतरूपमा सामाजिक सञ्जालमा तस्बिर राखेर चरित्रहत्या गरिएकाले उनलाई तत्काल नियन्त्रणमा लिई कारबाही गर्न प्रहरीमा साइबर क्राइमसम्बन्धी उजुरी दर्ता गरिएको हो ।



    भीम उपाध्यायले ती महिलाको तस्बिर राख्दै पाँच दिनअघि ‘गोरू खाने धराने’ भनेर पोस्ट गरेका थिए । जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान गरेर कानूनी प्रकृयामा जाने बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार