Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जेलमा आत्मसर्पण गरेका ट्रम्प धरौटीमा रिहा, २० मिनेट मात्र जेलमा बसे

एजेनसी । जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प धरौटीमा रिहा भएका छन्।
उनी त्यहाँ २० मिनेट बसेर धरौटीमा रिहा भएका हुन् ।

ट्रम्पलाई धरौटीका लागि दुई लाख डलर तोकिएको थियो। २०२० को चुनावमा पराजयको नतिजा उल्ट्याउन खोजेको अभियोगमा उनीविरुद्ध मुद्दा चलिरहेको छ।

यस महिनाको सुरुमा, जर्जियाका एक अभियोजकले रिपब्लिकन नेता एवं पूर्व राष्ट्रपति ट्रम्पविरुद्ध धेरै आरोप लगाएका छन्। जुन गत राष्ट्रपतीय निर्वाचनमा जो बाइडेनको जितलाई उल्टाउन गरेको षड्यन्त्रसँग सम्बन्धित छन् ।

ट्रम्पले ठगी र झूटा बयानसहित १३ आरोप अस्वीकार गरेको र आफूमाथि लागेका सम्पूर्ण आरोपहरू राजनीतिक रूपमा प्रेरित भएको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077