Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

सप्तकोसीसहित यी नदीमा बहाव बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशका विभिन्न सानाठूला नदीमा आज पानीको बहाव बढेको छ ।

सप्तकोसी नदी चतरामा जलसतह बढ्दो क्रममा छ । त्यहाँ जलसतह सतर्कता तहनजिक पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, तमोर, सुनकोसी र अरूण नदीमा पनि जलसतह बढ्दो छ । उदयपुर, सुनसरी र सप्तरीका नदीतटीय क्षेत्रमा आज साँझसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

महाशाखाको सूचनामा उल्लेख छ, “भदौ ८ बिहान ९ बजे । सप्तकोसी नदी चतरामा जलसतह बढ्दो छ र सतर्कता तह (६ मि.) नजिक पुगेको छ । तमोर, सुनकोसी र अरूणमा पनि जलसतह बढ्दो रहेकोले उदयपुर, सुनसरी र सप्तरीका नदी कटान हुन सक्ने क्षेत्र र डुबान हुने तटीय क्षेत्रमा हुनेहरूले आज साँझसम्मै उच्च सतर्कता अपनाऔँ ।”

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077