Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पहिरोले कान्ति लोकपथ अवरुद्ध, पन्छाउन कठिनाइ

मकवानपुर । ललितपुरको भट्टेडाँडामा पहिरो जाँदा कान्ति लोकपथ अवरुद्ध भएको छ ।

अविरल वर्षापछि गए राति खसेको पहिरोले ललितपुर र पकवानपुरको सिमानामा पर्ने कान्ति लोकपथ अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार निरन्तर पानी परिरहेका कारण सो स्थानमा पहिरो पन्छाउन कठिनाइ भइरहेको छ ।

मौसम सुधार भएमा शुक्रबार अपराह्नसम्ममा पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077