Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दुई खेल जितेको नेपाल मलेशियाविरूद्ध ब्याटिङमा

काठमाडौं । यसअघि दुई खेल जितिसकेको नेपालले मलेसियामा जारी चार राष्ट्र सम्मिलित महिला टी–ट्वान्टी अन्तर्राष्ट्रिय श्रृंखला अन्तर्गत तेस्रो खेलमा नेपालले घरेलु टोली मलेसियाविरुद्ध टस हारेर ब्याटिङ गरिरहेको छ ।

बायोमास ओभलमा जारी खेलमा टस जितेर मलेसियाले बलिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो । नेपाल अपराजित रहँदै फाइनल पुग्ने लक्ष्यमा छ । नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेट र दोस्रो खेलमा कुवेतलाई ३४ रनले पराजित गरेको थियो ।

मलेसियाविरुद्धको सिरिजको लिगको अन्तिम खेलमा नेपालले टोलीमा एक परिवर्तन गरेको छ । ईश्वरी विष्ट प्लेइंग ११ बाट बाहिरिदा तीब्र गतिकी बलर अश्मिना कर्माचार्य टोलीमा फर्किएकी छिन्

नेपाली महिला टिमले यो सिरिजपछि थाइल्याण्डसँग मलेसियामै अभ्यास खेल खेल्ने छ । त्यसपछि मुख्य प्रतियोगिता आईसीसी महिला टी– २० विश्वकपको एसिया छनोट खेल्ने छ ।

आईसीसी महिला ट्वान्टी–२० विश्वकप एसिया क्षेत्र छनोट अघि नेपाल, मलेसिया, हङकङ र कुवेतले चार देशसम्मिलित शृंखला खेलिरहेका छन् ।

आईसीसी महिला विश्वकप एसिया छनोट अगस्ट ३१ देखी ९ सेप्टेम्बर ९भदौ १४ देखि भदौ २३० सम्म मलेसियामा नै हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077