Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

धरानमा धार्मिक द्वन्द्व बढ्दै गएपछि मेयर साम्पाङको यस्तो अपिल

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले आपसी सद्भाव र एकता कामय राख्न नगरबासीलाई अपिल गरेका छन् ।
शुक्रबार वक्तव्य जारी गर्दै मेयर सम्पाङले केही दिनदेखि भइरहेको धार्मिक तथा सामाजिक विवादले धरानलाई संवेदनशील बनाएको बताएका छन् ।

उनले वक्तव्यमा भनेका छन्–‘सबैले संयमित र संवेदनशील भएर सबै पक्ष, समुदाय र हरेक नागरिकको भावना प्रतिबिम्बित हुने गरी आपसी सद्भाव, भाइचारा र एकताक कायम गर्न सम्पूर्ण आम धरानबासीलाई हार्दिक अपील गर्दछु ।’

यसअघि बिहीबार पूर्व मेयरहरुले पनि वक्तव्य जारी गर्दै सद्भाव कायम राख्न आग्रह गरेका थिए । पछिल्लो समय धरानमा धार्मिक द्वन्द्व बढ्दै गएको छ ।

नेपालको राष्ट्रिय जनावर गाई र हिन्दू धर्मावलम्बीहरुले पुजा आरधाना गर्ने गोरु काटेर खान पाउनुपर्छ भन्दै एउटा समूहले आन्दोलन गरिरहेको छ भने अर्को समूहले त्यसलाई रोक्नुपर्ने माग गर्दै आएको छ ।

यस्तो छ मेयर साम्पाङको अपिल
अपिल सम्बन्धमा।
विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल नेपालको पूर्वी पुरानो शहर धरानमा हाल केही दिन देखी भईरहेको धार्मीक तथा सामाजिक विवादले यस क्षेत्रलाई अति नै संवेदनशिल बनाइरहेको छ। बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतालाई आत्मसात गरी विविधता बिचको एकता सामाजिक, सांस्कृतिक सद्भावलाई संरक्षण गरी समृद्ध समाजको निर्माण गर्नु नै हाम्रो कर्तव्य हो। समाजमा देखिने अशान्ति विभेदले विचार, विधि र व्यवहारमा स्थान पाउँदै गएमा सामाजिक अन्तरसम्बन्ध खलबलिने, अन्तर विरोध बढाउने, प्रतिशोध र द्वन्द लाई निम्त्याउने भएकोले यस प्रकारको विविधताको नकारात्मकतालाई सकरात्मकतामा परिणत गर्न सयौं थुंगा फुलका हामी एउटै माला नेपाली भन्ने भावलाई आत्मसात गर्दै हाल देखिएको अशान्ति मय वातावरण सबैले संयमित र संवेदनशील भएर सबै पक्ष, समुदाय र हरेक नागरिकको भावना प्रतिबिम्बित हुनेगरी आपसी सदभाव, भाइचारा र एकता कायमका लागि सम्पूर्ण आम धरान नगरवासीहरुमा हार्दिक अपिल गर्दछु ।

हर्कराज राई
नगर प्रमुख हर्कराज राई नगर प्रमुख

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077