Online Nepal
  • सोमबार, १२ साउन २०८२
  • प्रचण्ड नेतृत्वको सरकारले आर्थिक अवस्था सुधार गर्ने काम गरिरहेको छ : रक्षामन्त्री खड्का

    प्रचण्ड नेतृत्वको सरकारले आर्थिक अवस्था सुधार गर्ने काम गरिरहेको छ : रक्षामन्त्री खड्का

    अनलाइन नेपाल
  • शुक्रबार, ८ भाद्र २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकारले देशको आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण काम गरिरहेको बताएका छन् ।

    चाँगुनारायण नगरपालिका ५ नम्बर वडा कार्यालयको प्रशासनिक भवन र स्वास्थ्य चौकी भवनको उद्घाटन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।



    उनले अर्थतन्त्रमा परेको विश्वब्यापी नकारात्मक प्रभावले देशमा रहेको ऋणात्मक अर्थतन्त्रलाई सुधार गर्न सरकारले महत्वपूर्ण काम गरिरहेको जिकिर गरे ।

    उनले भने, ‘देशको आर्थिक अवस्था कमजोर हुँदा सरकारले सोचेजसरी बिकासको काम गर्न सकेको छैन, सम्माननीय प्रधानमन्त्री प्रचण्डज्यूको नेतृत्वमा सरकारले अर्थतन्त्र सुधार गरिरहेको छ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार