Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रचण्ड नेतृत्वको सरकारले आर्थिक अवस्था सुधार गर्ने काम गरिरहेको छ : रक्षामन्त्री खड्का

काठमाडौं । उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकारले देशको आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण काम गरिरहेको बताएका छन् ।

चाँगुनारायण नगरपालिका ५ नम्बर वडा कार्यालयको प्रशासनिक भवन र स्वास्थ्य चौकी भवनको उद्घाटन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अर्थतन्त्रमा परेको विश्वब्यापी नकारात्मक प्रभावले देशमा रहेको ऋणात्मक अर्थतन्त्रलाई सुधार गर्न सरकारले महत्वपूर्ण काम गरिरहेको जिकिर गरे ।

उनले भने, ‘देशको आर्थिक अवस्था कमजोर हुँदा सरकारले सोचेजसरी बिकासको काम गर्न सकेको छैन, सम्माननीय प्रधानमन्त्री प्रचण्डज्यूको नेतृत्वमा सरकारले अर्थतन्त्र सुधार गरिरहेको छ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077