Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

सामाजिक सद्भाव कायम गर्न अपिल गर्दै धरानमा आज निषेधाज्ञा

धरान । धरानमा आज निषेधाज्ञा लगाइएको छ । जिल्ला सुरक्षा समितिको शुक्रबार बैठकपश्चात गएराति १२ बजेबाट निषेधाज्ञा जारी भएको हो । धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै‌ हिन्दु समर्थकहरूले शनिबार प्रदर्शनको आह्वान गरेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो।

गए राति १२ बजेदेखि आज राति १२ बजेसम्म निषेधाज्ञा लगाइएको सुनसरीको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् । धरानको मंगलबारेमा १५ दिन अगाडि गाई काटेर मासु खाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।

त्यसपछि हिन्दु समर्थकहरूले विरोध गर्दै आएका थिए । उनीहरूले गाईगोरु काट्न बन्द गर्नुपर्ने माग गर्दै आज प्रदर्शनको आह्वान गरेका थिए ।

हिन्दु समर्थकहरूले प्रदर्शन गर्ने भएपछि धरानका पहिचानवादीहरूले प्रतिकार गर्ने कार्यक्रम राखेपछि सामाजिक सद‍्भाव भड्कने डरले जिल्ला प्रशासन कार्यालयले धरानमा हिँडडुल गर्न र सामूहिक रुपमा भेला हुन प्रतिबन्ध लगाएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077