Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धरान विवादबारे बाबुरामको टिप्पणी - ज्वालामुखीलाई नदेखैं झैं गरेर बस्दा झन् ठुलो अनिष्ट हुनसक्छ

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वास्तविक र दिगो शान्ति, एकता, सद्भावनिम्ति सत्य र न्याय स्थापित गर्न सबैले ध्यान दिनुपर्ने बताएका छन् । पूर्वी शहर धरानमा भइरहेको विवादबारे टिप्पणी गर्दै उनले समाजिक सञ्जालमा यस्तो बताएका हुन् । उनले असत्य र अन्यायबीच उत्पीडित पक्ष जानेर वा नजानेर चूप बस्यो भने पनि सतहमा शान्ति, एकता,सद्भाव भएजस्तो देखिए पनि त्यो वास्तविक र दिगो नहुने बताए । नत्र सतहमुनिको ज्वालामुखीलाई नदेखैं झैं गरेर बस्दा वा मुढेबल र कुतर्कको स्याउलाले छोप्न खोज्दा भोलि झन् ठूलो अनिष्ट हुनसक्ने उनको भनाइ छ । 'हाम्रो विचारमा समाज र राज्यमा वास्तविक र दिगो शान्ति,एकता,सद्भावनिम्ति सत्य र न्यायको स्थापना र पक्षधरता अपरिहार्य हुन्छ ! असत्य र अन्यायको वीचमा उत्पीडित पक्ष जानेर वा नजानेर चूप बस्यो भने पनि सतहमा शान्ति,एकता,सद्भाव भएजस्तो देखिन्छ ! तर त्यो वास्तविक र दिगो हुँदैन,' उनले भनेका छन्,'त्यसैले वास्तविक र दिगो शान्ति,एकता,सद्भावनिम्ति सत्य र न्याय वेलैमा स्थापित गर्न सबैले उत्तिकै ध्यान दिनुपर्छ कि ? नत्र सतहमुनिको ज्वालामुखीलाई नदेखैं झैं गरेर बस्दा वा मुढेबल र कुतर्कको स्याउलाले छोप्न खोज्दा भोलि झन् ठूलो अनिष्ट हुनसक्छ।'  

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077