Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • अफगानिस्तानसँगको एकदिवसीय सिरिजमा पाकिस्तानको ‘क्लिन स्वीप’

    अफगानिस्तानसँगको एकदिवसीय सिरिजमा पाकिस्तानको ‘क्लिन स्वीप’

    अनलाइन नेपाल
  • आइतबार, १० भाद्र २०८०
  • 996
    SHARES

    एजेन्सी । अफगानिस्तानसँगको एकदिवसीय क्रिकेट शृङ्खलामा पाकिस्तानले क्लिनस्वीप गरेको छ ।

    गएराति भएको तेस्रो खेलमा अफगाानिस्तानलाई ५९ रनले हराउँदै पाकिस्तानले शृङ्खला ३–० ले जितेको हो । जितका लागि २ सय ६९ रनको लक्ष्य पाएको अफगानिस्तान ४८ ओभर ४ बलमा २ सय ९ रनमा अलआउट भयो ।



    त्यसअघि कोलम्बोमा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६८ रन बनाएको थियो ।



    योसँगै पाकिस्तान आईसीसीको एकदिवसीय वरीयतामा शीर्षस्थानमा उक्लिएको छ । अष्ट्रेलिया दोस्रो, भारत तेस्रो, न्युजिल्यान्ड चौथो र इङ्ग्ल्यान्ड पाँचौँ स्थानमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार