Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उद्योग तथा वाणिज्य समितिको सभापतिमा रास्वपाले पराजुली उठाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा उम्मेदवारी दिने भएको छ । उद्योग तथा वाणिज्य समितिमा गणेश पराजुलीलाई उम्मेदवार बनाउने तयारी गरेको हो ।

रास्वपाले तीन बजे उम्मेदवारी दर्ताको तयारी गरेको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रास्वपाका तीनजना सांसद छन् ।

असीम साह, पार्टीका उपसभापति डोलप्रसाद अर्याल र गणेश पराजुली त्यस समितिमा भएकाले उम्मेदवारी दिने तयारी गरेको हो ।

शुक्रबार बसेको रास्वपा संसदीय दलको बैठकले प्रस्ताव र समर्थक जुटाउन सक्ने समितिमा उम्मेदवारी दिने निर्णय गरेको थियो । ‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया आजबाट अघि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077