Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

देउवापत्नी आरजुलाई सभापति बनाउन एमाले र माओवादी समर्थक

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवापत्नी एवं सांसद आरजु राणा देउवाले संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएकी छिन् ।

सत्तारुढ दल र विपक्षीको भागबण्डामा कांग्रेस कोटाको कृषिमा आरजुले उम्मेदवारी दर्ता गराएकी हुन् ।

आरजुको प्रस्तावकमा कांग्रेसका वीरबहादुर बलायर तथा समर्थकमा एमालेका सूर्यप्रसाद ढकाल र माओवादीकी रुपा चौधरी छन् । प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको हो ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुखले १० वटै विषयगत समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३ बजेका लागि निर्धारण गरेको घोषणा अनुरुप निर्वाचन प्रक्रिया अघि बढेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077