Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

विद्यादेवी भण्डारी पार्टीको आदरणीय व्यक्ति : ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा सत्तारुढ दलहरुले फोहरी खेल खेलेको दाबी गरेका छन् । नेकपा एमाले एमालेको कोशी प्रदेश कमिटीको पूर्ण बैठकमा बोल्ने क्रममा उनले प्रदेशमा सत्तारुढ गठबन्धन संविधान विरोधी भएको बताए ।

उनले भने–‘यसरी संविधान मिचिँदा, हामीले संविधान नमिच्दापनि संविधान मिच्यो भनेर विरोध गर्नेहरु अहिले यसरी संविधान मिच्दा चुपचाप लाग्ने केही भएकै छैन भने जस्तो गर्ने प्रवृत्ति देखिएको छ।’

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा स्वागत गर्ने बताएका छन् । भण्डारीलाई पार्टीमा कसैले निषेध नगरेको बताउँदै उनले आउन चाहे सधैं स्वागत गर्ने बताएका हुन् ।

अध्यक्ष ओलीले भण्डारीलाई राजनीति गर्न कसैले नरोक्ने पनि बताए । उनले भने–‘उहाँले राजनीति गर्छु भन्दा कसले रोक्छ ? हामी उहाँलाई निषेध गर्दैनौं । उहाँलाई हामी निषेध गर्दैनौँ । उहाँ आउँछु त भन्नुपर्‍यो, सधैं वेलकम छ ।’

ओलीले पार्टीका नेताले भण्डारीलाई भेटेका विषयमा अनावश्यक हल्ला चलाउन नहुने बताए । भण्डारी पार्टीको पूर्वउपाध्यक्ष समेत भएका कारण भेट्न मिल्ने भन्दै ओलीले पूर्वराष्ट्रपति भएका भण्डारी पार्टीको आदरणीय व्यक्ति पनि रहेको बताए । उनले भने–‘हाम्रो पार्टीको पूर्वउपाध्यक्ष हो । हाम्रो पार्टीको आदरणीय व्यक्तित्व हो । हामीमध्ये कसैले भेट्नु, कुरा गर्नु भनेको ठूलो कुरा होइन ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077