Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नक्कली शरणार्थी प्रकरण : तीनजना मुख्य योजनाकारविरूद्ध दोस्रो चरणको अनुसन्धान सुरू

    नक्कली शरणार्थी प्रकरण : तीनजना मुख्य योजनाकारविरूद्ध दोस्रो चरणको अनुसन्धान सुरू

    अनलाइन नेपाल
  • आइतबार, १० भाद्र २०८०
  • 1.7K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने मुख्य योजनाकार तीन जनाको फेरि बयान लिइने भएको छ ।

    मुख्य योजनाकार सानु भण्डारी, केशव दुलाल र रामशरण केसीविरूद्ध दोस्रो चरणको अनुसन्धान सुरू भएको हो ।



    साउनको अन्तिम साता भुटानी शरणार्थी प्रकरणमा थप १८ जना पीडितले उनीहरूविरूद्ध जाहेरी दिएका थिए । भण्डारी, दुलाल र केसीले आफूहरूलाई नक्कली भुटानी शरणार्थी बनाउन एक करोड ८५ लाख रुपैयाँ लिएको जाहेरीमा उल्लेख छ ।



    जाहेरी लिएर अपराध अनुसन्धान कार्यालयले थप कारबाहीका लागि साउन २६ गते जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको छ ।
    त्यही दिनदेखि नै अनुसन्धान अगाडि बढाइएको हो । जाहेरी दिएका १८ जनामध्ये ४ जनाको बयान लिइएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार