Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • समयमा नै निर्माण सम्पन्न नगर्नु पनि भ्रष्टाचार हो : मन्त्री गुरुङ

    समयमा नै निर्माण सम्पन्न नगर्नु पनि भ्रष्टाचार हो : मन्त्री गुरुङ

    अनलाइन नेपाल
  • आइतबार, १० भाद्र २०८०
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले पूर्वाधार निर्माणका सरकारी आयोजनाहरु ठेक्का लगाएर समयमा नै निर्माण सम्पन्न नगर्नु पनि भ्रष्टाचार भएको बताएकी छिन् ।

    आइतबार ललितपुरको भैंसेपाटीमा निर्माण गरिएको प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुको निवास उद्घाटन समारोहमा बोल्दै मन्त्री गुरुङले यस्तो बताएकी हुन् ।



    उनले समयमा निर्माण काम नहुँदा आर्थिक बोझ र समय दुवै खेर जाने भन्दै समय खेर जानु सुशासनको निम्ति भ्रष्टाचार भएको बताइन् ।



    मुलुकमा शुन्य सहनशिलता र सुशासन राख्नको लागि समय खेर फाल्न नहुने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार