Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • बालेनलाई मन्त्री गुरुङको चेतावनी – धरहरामा पार्किङ नरोके परिणाम राम्रो हुँदैन

    बालेनलाई मन्त्री गुरुङको चेतावनी – धरहरामा पार्किङ नरोके परिणाम राम्रो हुँदैन

    अनलाइन नेपाल
  • सोमबार, २२ माघ २०८०
  • 1K
    SHARES

    काठमाडौँ । सहरी विकासमन्त्री सीता गुरुङले धरहरामा निर्माण कार्य पूरा नहुँदै काठमाडौं महानगरले जबरजस्त ढङ्गले पार्किङ गर्ने व्यवस्था गर्नु विधिको शासन विपरीत भएको बताएकी छिन् ।

    सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा मन्त्री गुरुङले सो कुरा बताएकी हुन् ।



    उनले काम गर्नेलाई समय र वातावरण महानगरले दिनुपर्ने भन्दै पार्किङ गर्न जाँदा अक्सिजन नपुगेर क्षति भयो भने कसले व्यहोर्ने भन्दै महानगरलाई प्रश्न गरिन् ।



    महानगरपालिकाले निर्माणाधीन धरहराको भूमिगत पार्किङ नरोके परिणाम राम्रो नहुने पनि चेतावनी दिइन् ।

    महानगरपालिकाले निर्माणाधीन धरहराको भूमिगत पार्किङमा कसैसँग पनि समन्वय र छलफल बिना जबरजस्ती रुपमा पार्किङ गराउनु विधि विपरीत रहेको उनको भनाई छ ।

    महानगरका मेयर बालेन शाहले केहि दिन अगाडि मात्रै धरहराको भूमिगत पार्किङमा निःशुल्क पार्किङको व्यवस्था गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार