Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • उडान रोक्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

    उडान रोक्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

    अनलाइन नेपाल
  • सोमबार, ११ भाद्र २०८०
  • 1K
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतले हवाई उडानमा रोक लगाउने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

    न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले आइतबार प्राधिकरणको कामलाई कार्यान्वयन नगर्न अन्तरिम आदेश दिँदै कारण देखाऊ आदेश जारी गरेको हो ।



    सर्वोच्चले प्राधिकरणले उडानमा रोक लगाउने निर्णय गर्नुको कारण माग गरेको छ । प्राधिकरणले साउन १५ गतेदेखि लागू हुने गरी हिमाली र पहाडी क्षेत्रका २९ विमानस्थलमा मध्याह्न १२ बजेपछि उडान भर्न रोक लगाउने निर्णय गरेको थियो ।



    प्राधिकरणको निर्णयविरुद्ध वायुसेवा सञ्चालक संघ, नेपालले सर्वोच्चमा रिट निवेदन दायर गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार