Online Nepal
  • सोमबार, १९ साउन २०८२
  • शिव शिखर सहकारीका सञ्चालकविरुद्ध संगठित ठगीको मुद्दा दायर

    शिव शिखर सहकारीका सञ्चालकविरुद्ध संगठित ठगीको मुद्दा दायर

    अनलाइन नेपाल
  • सोमबार, ११ भाद्र २०८०
  • 2.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । शिव शिखर बहुद्देश्यीय सहकारीका सञ्चालकहरुविरुद्ध मुद्दा दायर गरिएको छ ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धान रिपोर्टको आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा संगठित ठगीको मुद्दा दायर गरेको हो ।



    सो सहकारीका सञ्चालकहरुबाट ७८ करोड विगो असुल गर्न तथा आठ वर्ष कैद सजाय गर्न मुद्दामा माग गरिएको छ ।

    सहकारीमा आवद्ध एक हजार १ सय ४५ बचतकर्ताको ७८ करोड १९ लाख ६३ हजार २ सय १४ रुपैयाँ ठगी गरेको ठहर सीआइबीले गरेको थियो ।

    सहकारीका अध्यक्ष केदारनाथ शर्मा, उनकी श्रीमती तथा शिखर अर्गनाइजेशनका निर्देशक गीता शर्मा, सहकारीको लेखा समितिका पदाधिकारी शिवप्रसाद पौड्याल लगायतलाई प्रतिवादी बनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार