Online Nepal
  • आइतबार, ११ साउन २०८२
  • सुन तस्करी प्रकरण

    महराका बाबु–छोरामाथि अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन

    महराका बाबु–छोरामाथि अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन

    अनलाइन नेपाल
  • सोमबार, ११ भाद्र २०८०
  • 2K
    SHARES

    काठमाडौं । सुन तस्करी प्रकरणमा मुछिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल महरामाथि छानबिनको तयारी गरिएको छ ।

    सरकारी वकिल कार्यालयले सुन तस्करी प्रकरणमा मुछिएका उपाध्यक्ष महरा र उनका छोरा राहुलमाथि छानबिन गर्न निर्देशन दिएको हो ।



    २०७९ पुस १० मा दुबईबाट ‘भेप’मा लुकाएर सुन ल्याउने समूहका चिनियाँ नागरिक दाओजिन वाङसँग महरा र उनका छोराहरूको सम्पर्क देखिएको थियो ।

    केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले महरा र उनका छोरा राहुललाई सुन ल्याउने समूहका ‘मुख्य योजनाकार’ किटान गरेर अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

    अनुसन्धान प्रतिवेदनमा ‘मुख्य योजनाकार’ किटान गरेर बयान समेत नगराएको भन्दै जिल्ला सरकारी वकिल कार्यालयले उनीहरूमाथि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार