Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • ५ अंकले बढ्यो नेप्से, ९८ करोड ८६ लाखको कारोबार

    ५ अंकले बढ्यो नेप्से, ९८ करोड ८६ लाखको कारोबार

    अनलाइन नेपाल
  • सोमबार, ११ भाद्र २०८०
  • 996
    SHARES

    फाइल फोटो

    काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से ५.०९ अंकले वृद्धि हुँदा १९९८.४८ को विन्दुमा बन्द भएको हो।

    हाइड्रोपावर, उत्पादनमूलक, लघुवित्त र अन्य उपसूचकमा सामान्य गिरावट हुँदा अरु सबै उपसूचक बढेको छन् । अन्य उपसूचक ०.२८ प्रतिशतले गिरावट हुँदा हाइड्रोपावर उपसूचक ०.०९ प्रतिशतले गिरावट हो ।



    होटल तथा पर्यटन उपसूचक ०.८१ प्रतिशतले वृद्धि हुँदा विकास बैंक उपसूचक ०.७० प्रतिशत र व्यापार उपसूचक ०.६५ प्रतिशतले बढेको छ ।  यस्तै बैंकिङ उपसूचक ०.५२ प्रतिशतले वृद्धि भएको हो ।



    नेप्सेमा सामान्य सुधार देखिएपनि कारोबार रकममा भने गिरावट भएर १ अर्बबाट तल झरेको छ । ३१ हजार ५९९ वटा कारोबारमा ३६ लाख ७० हजार ७३१ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ९८ करोड ८६ लाख रुपैयाँको कारोबार भएको छ ।

    जसमध्ये लक्ष्मी सनराइज बैंकको सर्वाधिक ७ करोड ३२ लाखको कारोबार हुँदा सोल्टी होटलको ४ करोड ९८ लाख र आईएमई लाइफ इन्स्योरेन्सको ३ करोड ८५ लाख रुपैयाँको कारोबार भएको छ ।

    नेप्सेमा सोमबार कुल २२७ सूचीकृत कम्पनीको सेयर कारोबार हुँदा ११८ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ । त्यस्तै ९७ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा १२ कम्पनीको सेयरमूलय स्थिर छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार