Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गौहत्याको विरोध र दोषीलाई कारबाहीको माग गर्दै सरकारलाई ज्ञापन पत्र बुझाउँदै राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले गौहत्याको विरोधमा आज सरकारलाई ज्ञापन पत्र बुझाउने भएको छ ।

देशका विभिन्न स्थानमा राष्ट्रिय जनावर गाईको हत्या गर्ने कार्य भइरहेको जनाउँदै राप्रपाले त्यसलाई रोक्न माग गर्दै सरकारलाई ज्ञापन पत्र बुझाउन लागेको हो ।

राप्रपाले ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने छ ।

राप्रपाले गौहत्याको विरोध, दोषीलाई कारबाही एवं विद्यमान कानुनको पालनाका लागिको माग गर्दै दिउँसो प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापन पत्र बुझाइने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077