Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • काठमाडौंलाई ट्रन्जिट बनाइएको हङकङ र नयाँ दिल्लीको पहिलो उडानमा भएनन् यात्रु

    काठमाडौंलाई ट्रन्जिट बनाइएको हङकङ र नयाँ दिल्लीको पहिलो उडानमा भएनन् यात्रु

    अनलाइन नेपाल
  • मंगलबार, १२ भाद्र २०८०
  • 1.6K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौंलाई ट्रान्जिट बनाएर भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र नयाँ दिल्लीको उडान शुरु गरेको छ ।

    मलेसियाको क्वालालाम्पुरबाट आएको निगमको जहाज मंगलबार भैरहवा अवतरण गरेको थियो । यसै जहाजले हङकङ र नयाँ दिल्ली जान टिकट काटेका यात्रुलाई काठमाडौं ल्याउने र काठमाडौं ट्रान्जिट गराई सम्बन्धित गन्तव्य लैजाने निगमको योजना छ ।



    आइतबारदेखि मात्र टिकट बुकिङ खुला गरेका कारण मंगलबारको उडानमा भैरहवाबाट यी दुवै गन्तव्यमा जाने यात्रु कोही नचढेको निगमका प्रवक्ता रमेश पौडेलले जनाएका छन् ।



    भैरहवाबाट काठमाडौं आउँदा क्वालालाम्पुरबाट काठमाडौं आउन चढेका यात्रु मात्र सो जहाजमा आएका थिए । निगमले हरेक मंगलबार भैरहवाबाट हङकङ र नयाँ दिल्ली जाने यात्रुलाई काठमाडौं ल्याएर ट्रान्जिट गराई ती गन्तव्यमा जाने यात्रुलाई लैजाने योजना बनाएको छ ।

    यस योजना अनुसार यात्रुले भैरहवाबाटै हङकङ वा नयाँ दिल्लीसम्मको बोर्डिङ पास पाउँछन् । ब्यागेज समेत सम्बन्धित गन्तव्यमै पुग्ने भएकाले काठमाडौंमा उनीहरुले थप प्रक्रिया भने पार गर्नु पर्दैन ।

    निगमको उडान तालिका अनुसार बिहान ८ः१५ मा भैरहवाबाट उडेको जहाज ९ः०० बजे काठमाडौंमा अवतरण गर्ने छ । ट्रान्जिट भई हङकङ जाने यात्रु हङकङ जाने उडानमा र दिल्ली जाने यात्रु दिल्ली जाने निगमकै कनेक्टिङ उडानमा चढ्ने छन् । यात्रुको सुविधाका लागि चेक इन गर्दा नै गन्तव्यसम्मकै बोर्डिङ पास दिने र लगेज सिधै गन्तव्यमा लिने व्यवस्था मिलाइएको निगमले जनाएको छ ।

    यसअघि निगमले क्वालालाम्पुरलाई भैरहवासँग जोडेर नियमित उडान गरिरहेको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार