Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • भैरहवाको रुटमा भारतले आनाकानी गरिरहेको छ, तीन महिनाभित्र विमानस्थल उद्घाटन गर्छौं: मन्त्री आले

    भैरहवाको रुटमा भारतले आनाकानी गरिरहेको छ, तीन महिनाभित्र विमानस्थल उद्घाटन गर्छौं: मन्त्री आले

    अनलाइन नेपाल
  • शुक्रबार, १६ पुष २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आउँदो तीन महिनाभित्र भैरहवा (गौतमबुद्ध) विमानस्थलको उद्‌घाटन गर्ने घोषणा गरेका छन् ।

    शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणको २३ औं वार्षिकोत्सबका अवसरमा आयोजित कार्यक्रममा मन्त्री आलेले यस्तो घोषणा गरेका हुन्।



    मन्त्री आलेका अनुसार छिमेकी मुलुक भारतले भैरहवा रुट दिन आनाकानी गरिरहेको छ, तर यसलाई छिट्टै टुङ्ग्याइने आलेले दाबी समेत गरे ।



    कार्यक्रममा मन्त्री आलेले विमानस्थलभित्रका कामहरु तोकिएकै समयमा पूरा गर्न कर्मचारीहरुलाई निर्देशन समेत दिए ।

    यस्तै, नेपाल वायुसेवा निगमलाई जहाज खरिदको प्रक्रिया अगाडि बढाउन आफूले निर्देशन दिइसकेको मन्त्री आलेको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार