Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • काठमाडौंलाई ट्रान्जिट बनाएर भैरहवाबाट हङकङ र नयाँ दिल्लीमा नियमित उडान उडान गर्दै नेपाल एयरलाइन्स

    काठमाडौंलाई ट्रान्जिट बनाएर भैरहवाबाट हङकङ र नयाँ दिल्लीमा नियमित उडान उडान गर्दै नेपाल एयरलाइन्स

    अनलाइन नेपाल
  • आइतबार, १० भाद्र २०८०
  • 2.3K
    SHARES

    काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौंलाई ट्रान्जिट बनाएर भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र नयाँ दिल्लीमा नियमित उडान गर्ने भएको छ ।

    कम्पनीले भदौ १२ गते मंगलबारदेखि हङकङ र नयाँ दिल्लीमा नियमित उडान गर्ने घोषणा गरेको हो । भैरहवाबाट हरेक मंगलबार हप्ताको एक उडानबाट सुरु गरी बजारको माग तथा निगमको वजार व्यवस्थापन अनुसार उडानको संख्या बढाउँदै लैजाने योजना रहेको कम्पनीले वताएको छ ।



    उडान तालिका अनुसार बिहान ८ः१५ मा भैरहवाबाट उडेको जहाज ९ बजे काठमाडौंमा अवतरण गर्ने भएको छ । तत्पश्चात ट्रान्जिट भइ हङकङ जाने उडानमा र दिल्ली जाने यात्रु दिल्ली जाने निगमकै कनेक्टिङ उडानमा चढ्ने छन् ।



    यात्रुको सुविधाका लागि चेक इन गर्दा नै गन्तव्यसम्मकै बोर्डिङ पास दिने र लगेज सिधै गन्तव्यमा लिने व्यवस्था मिलाइएको निगमले जनाएको छ ।

    यसअघि निगमले क्वालालाम्पुरलाई भैरहवासँग जोडेर नियमित उडान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार