Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • गौतमबुद्ध विमानस्थलमा २५ फागुनदेखि जजिराले पुनः उडान गर्दै, काट्न थाल्यो टिकट

    गौतमबुद्ध विमानस्थलमा २५ फागुनदेखि जजिराले पुनः उडान गर्दै, काट्न थाल्यो टिकट

    अनलाइन नेपाल
  • मंगलबार, ९ फाल्गुन २०७९
  • 555
    SHARES

    काठमाडौं । दुई महिनादेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ठप्प भएको अन्तर्राष्ट्रिय उडान मार्च ९ तारिखबाट हुने भएको छ।

    मौसमी प्रतिकूलता र इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम ९आइएलएस० संचालनमा नआएको भन्दै हिमालय र जजिरा एयरवेजले उडान बन्द गरेका थिए।



    जजिरा एयरवेजले आउँदो मार्च ९ बाट नियमित उडानको तालिका प्रकाशन गरिसकेको विमानस्थलका प्रवक्ता सुवास झाले बताए।



    करिब एक वर्ष अगाडिबाट संचालनमा आएको यो विमानस्थलमा आइएलएस प्रणाली संचालनमा नआएकै कारण पूर्ण रूपमा चल्न सकेको छैन।

    ९ मार्चदेखि उडान सुरु गर्न अग्रिम टिकट बुकिङसमेत थालिसकेको जानकारी आएको उनले बताए ।

    प्रवक्ता झाका अनुसार मंगलबार, बिहीबार र शनिबार बिहान ८ बजेर ५ मिनेटमा उड्ने गरी तालिका तय समेत भइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार