Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • गौतमबुद्ध विमानस्थलमा २५ फागुनदेखि जजिराले पुनः उडान भर्ने

    गौतमबुद्ध विमानस्थलमा २५ फागुनदेखि जजिराले पुनः उडान भर्ने

    अनलाइन नेपाल
  • आइतबार, ७ फाल्गुन २०७९
  • 456
    SHARES

    बुटवल । मौसमको कारण देखाउँदै गौतमबुद्ध विमानस्थलबाट उडान रोकेको जजिरा एयरलाइन्सले दुई महिनापछि पुनः उडान सुरु गर्ने भएको छ ।

    जजिराले जेठ २ गतेदेखि पुस ३ गतेसम्म गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट १५४ वटा उडान र त्यतिकै संख्यामा अवतरण गरेको थियो।



    सो अवधिमा १३ हजार ५९३ जना यात्रु विमानस्थल अवतरण गर्दा १८ हजार २५ जना यात्रुले भैरहवाबाट उडान भरेका थिए।



    जजिराले उडान रोकेपछि भैरहवामा रहेका निजी क्षेत्रका संघसंस्था, पर्यटन व्यवसायी लगायतले पुनः उडान सुरू गर्न माग गर्दै आएका थिए।

    जजिराले ९ मार्च अर्थात फागुन २५ गतेदेखि हप्ताको ३ दिन उडान गर्दैछ । ९ मार्चदेखि उडान सुरु गर्न अग्रिम टिकट बुकिङसमेत थालिसकेको विमानस्थल प्रशासनले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार