Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • जजिरा एयरवेजले भैरहवाबाट साप्ताहिक रुपमा तीन उडान भर्ने

    जजिरा एयरवेजले भैरहवाबाट साप्ताहिक रुपमा तीन उडान भर्ने

    अनलाइन नेपाल
  • बुधबार, १७ फाल्गुन २०७९
  • 819
    SHARES

    काठमाडौं । दुई महिनादेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ठप्प भएको अन्तर्राष्ट्रिय उडान मार्च ९ तारिखबाट हुने भएको छ।

    कम्पनीले बुधबार भैरहवाबाट सातामा तीन वटा उडान गर्ने गरी तालिका सार्वजनिक गरेको छ ।



    जजीराले भैरहवाबाट कुबेतको लागी मंगलबार, बिहीबार र शनिबार नेपाली समय अनुसार बिहान ८: ०५ बजे उडान भर्नेछ भने कुवेतमा स्थानीय समय अनुसार बिहान १०: ५५ बजे अवतरण गर्ने छ ।



    मौसमी प्रतिकूलता र इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आइएलएस) संचालनमा नआएको भन्दै हिमालय र जजिरा एयरवेजले उडान बन्द गरेका थिए।

    साथै जजीरा एयरवेजले भैरहवादेखि कुवेतसम्म २८ हजार ८३६ को विशेष प्रारम्भिक एकतर्फी उडानका भाडा कायम गरेको जानकारी दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार