Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • जजिरा एयरवेजको भैरहवा–कुवेत दैनिक उडान सुरू

    जजिरा एयरवेजको भैरहवा–कुवेत दैनिक उडान सुरू

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ भाद्र २०७९
  • 582
    SHARES

    काठमाडौं । जजिरा एयरवेजले आजबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमार्फत दैनिक उडान सुरू गरेको छ।

    एयरवेजले भैरहवा–कुवेत दैनिक उडान सुरू गरेको हो। यसअघि जजिराको एयरबस ३२० निओले सोमबार, मंगलबार र शुक्रबार गरी सातामा तीन उडान गर्थ्यो। तर आजबाट भने सातामा सातै दिन उडान सुरू गरेको हो।



    विमानस्थलका प्रवक्ता सुभास झाकाअनुसार जजिराले शुक्रबार (आज) बिहान पूर्व सेड्युलअनुसार नै उडान गरेको छ।



    कुल एक सय ७४ यात्रु क्षमता भएको जहाजमार्फत दैनिक एक सय ६० जना भैरहवाबाट कुवेत उडिरहेका छन्। कुवेतबाट भैरहवा आउनेको संख्या सय जना हाराहारीमा रहेको प्रवक्ता झाले बताए।

    हालसम्म जजिरा एयरलाइन्सले कुवेत–भैरहवाका लागि १ सय १० वटा उडान सञ्चालन गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार