Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • पर्यटनमन्त्री किरातीलाई स्टन्ट मन्त्रीको संज्ञा दिँदै आलेले भने – भ्रष्टाचारी र चोरको संरक्षक बन्नुभयो

    पर्यटनमन्त्री किरातीलाई स्टन्ट मन्त्रीको संज्ञा दिँदै आलेले भने – भ्रष्टाचारी र चोरको संरक्षक बन्नुभयो

    अनलाइन नेपाल
  • बिहिबार, ३२ जेष्ठ २०८०
  • 981
    SHARES

    काठमाडौं । कुनै बेला स्टन्ट मन्त्रीको उपनाम पाएका नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले अहिले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई उल्टै स्टन्ट मन्त्रीको संज्ञा दिएका छन् ।

    पूर्वपर्यटनमन्त्रीसमेत रहेका आलेले आजको प्रतिनिधिसभा बैठकमा बोल्दै पर्यटनमन्त्री किराती भ्रष्टाचारी र चोरको संरक्षक बनेको समेत आरोप लगाए। आलेले गोठाटारको ५३५ रोपनी जग्गामध्ये ३१ रोपनी जग्गा विचौलियासँगको मिलेमतोमा अपचलन गरी उनैलाई कोषको सदस्य बनाएको दाबी गरे ।



    गोठाटार जग्गाको सत्य तथ्य रिपोर्ट ल्याउनेलाई हटाउने प्रयास भइरहेको आलेको आरोप छ ।



    सांसद आलेले भने, ‘नेपाल वायुसेवा निगमको घाटा १ अर्ब ७० करोड महालेखाको प्रतिवेदनमा देखिएको छ । ऋण ५० अर्ब नाघेको छ । तर, तीन महिनामा ३ अर्ब कमायो भनेर पर्यटनमन्त्रीले झूटो बोले । संसदमा स्पष्ट जानकारी गराइयोस् ।’

    कर्मचारी सञ्चयकोष तथा नागरिक लगानीकर्ताको ऋण नतिरेर तीनवटा जहाज किन्ने कुरामा सत्यता नभएको बताए । उनले सके थक्किएर बसेको जहाजको व्यवस्थापन गर्न चुनौती दिए ।

    आलेले अर्थमन्त्रालयको तार काट्ने मुसा पशुपतिनाथमा प्रवेश गरेको र त्यसलाई मन्त्री किरातीले संरक्षण दिएको आरोप लगाए । उनले पशुपतिनाथमा पटकपटक यसबीचमा भएका चोरी र लुटपाटमा संलग्न व्यक्तिलाई मन्त्री किरातीले जोगाएको दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार