Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • डोटीमा स्थानीय चुनावको मत देखाएर कांग्रेसले सीट खोस्न खोज्यो : प्रेम आले

    डोटीमा स्थानीय चुनावको मत देखाएर कांग्रेसले सीट खोस्न खोज्यो : प्रेम आले

    अनलाइन नेपाल
  • सोमबार, ३ असोज २०७९
  • 951
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता प्रेमबहादुर आलेले स्थानीय चुनावको मत देखाएर नेपाली कांग्रेसले आफ्नो सीट खोस्न खोजेको बताएका छन् ।

    सोमवार पार्टी कार्यालयमा आयोजित नेपाल मगर संघ समाजवादी को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।



    आलेले डोटीमा कांग्रेस गठबन्धन चाहिँदैन भनेर भेला गर्दै हिँडेको भन्दै असन्तुष्टि व्यक्त गरे ।



    उनले गत स्थानीय तह निर्वाचनमा आफूहरुले १० वटा वडामा मात्रै उम्मेदवार उठाएर ५५ वटा वडा छाडेको भन्दै यसैको मतको आधारमा कांग्रेसले समाजवादीको मत कम रहेको व्याख्या गरिरहेको भन्दै आपत्ति जनाए ।

    उनले स्थानीय निर्वाचनको परिणामको आधारमा गठबन्धनबाट विद्रोहको प्रयास भइरहेको उल्लेख गर्दै त्यसप्रति आफूहरूको ध्यानाकर्षण भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार